दफा १५
निश्चित समयावधिभित्र निर्णय गर्नु पर्ने
(१) यस ऐन वा अन्य प्रचलित कानूनबमोजिम निर्णय गर्नु पर्ने विषयसँग सम्बन्धित सूचना, प्रमाण वा कागजात प्राप्त भएको सात कार्यदेनभित्र रत्यस्तो व्यवस्था नभएकोमा निर्णय गर्नु पर्ने विषयको प्रकृति हेरी निर्णय गर्न पाउनेअधिकारीले उपयुक्त ठह¥याएको समयावधिभित्र निर्णय गर्नु पर्नेछ ।
(२) आवश्यक तथ्य, सूचना वा प्रमाण उपलब्ध नभएको कारणले उपदफा (१)बमोजिमको अवधिभित्र निर्णय गर्न नसकिने रहेछ भने निर्णय गर्न पाउने अधिकारीलेसोको कारण खुलाई निर्णय गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम कारण खुलाई निर्णय भएकोमा निर्णय गर्न पाउने अधिकारीले सोको जानकारी आपू भन्दा एक तह माथिको पदाधिकारीलाई यथाशिघ्रदिनु पर्नेछ ।
(4) यस दफा बमोजिम निर्णय नगर्ने वा आफूले निर्णय गर्नु पर्ने विषय निर्णय नगरी पन्छाउने पदाधिकारीलाई देहाय बमोजिमको अधिकारीले चेतावनी दिन सक्नेछ:-

(क) कार्यालयका कर्मचारीलाई

कार्यालय प्रमुखले,

(ख) कार्यालय प्रमुखलाई विभागीय प्रमुखले,

(ग) विभागीय प्रमुखलाई सम्बन्धित मन्त्रालय वा केन्द्रीय निकायको सचिवले,

(घ) सचिवलाई मुख्य सचिवले ।

(५) उपदफा (४) मा जुनसुकै कुरा

लेखिएको भए तापनि जुन अधिकारीलाई चेतावनी दिनुपर्ने हो सो अधिकारी र चेतावनी दिने अधिकारी समान तह वा श्रेणीको भएमा एक तह माथिको अधिकारीले चेतावनी दिनेछ: र: विभागीय सजाय नहुने पदाधिकारीलाई . नियुक्ति गर्ने अधिकारीले स्पष्टीकरण माग गर्न/सक्नेछ ।

(६) उपदफा (४). र्‌ (५) बमोजिम दिएको चेतावनीको अभिलेख राख्नु पर्नेछ र त्यसरी चेतावनी पाउने अधिकारी कर्मचारी भएमा त्यस्तो कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्दा सम्बन्धित सुपरिवेक्षकक र पुनरावलोकनकर्ताले त्यस्तो अभिलेखलाई समेत आधार मान्नु पर्नेछ।